गृहमन्त्री भन्छन् : भ्रष्टाचारका काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन हुँदैछ

गृहमन्त्री भन्छन् : भ्रष्टाचारका काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन हुँदैछ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको बताएका हुन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विभिन्न २५ वटा भ्रष्टाचारका काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भइरहेको बताएका छन् । भ्रष्टाचारमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउने गरी सरकार अगाडि बढेको उनको दाबी छ ।

‘कुनै पनि कालखण्डमा भएकाहरुमध्ये भ्रष्टाचारका २५ वटा काण्डहरुलाई छानबिन गर्नको निमिक्ति शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको कुरा सम्मानित सदनमा गराइसकेको छ । कोही पनि बेचैन हुनु पर्दैन । भ्रष्टाचारका कोही पनि मानिसहरु संलग्न छन् भने त्यसमा निर्मम भएर कारबाही गरिन्छ । त्यो आँट त्यो साहसका साथ हामी प्रस्तुत भएका छौं’, संसदमा छामिछानेले भने ।