महाधिवेशनमा राजेन्द्र राईको फरक मत

महाधिवेशनमा राजेन्द्र राईको फरक मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रज्ञा भवन कमलादीमा जारी नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनमा पार्टी सचिव राजेन्द्रकुमार राईले फरक मत राखेका छन् ।

सोमबारदेखि जारी पार्टीको १० औँ महाधिवेशनमा फरक मत राख्ने तयारी गर्दै राईले अबको कम्युनिस्ट पार्टीको संरचना र पद्धति बिल्कुल कम्युनिस्ट सिद्धान्त र मान्यताअनुसार हुन जरुरी भएको उल्लेख गरेका हुन् ।

यदि त्यसो नगरे सिद्धान्त एकातिर व्यवहार अर्कोतिर पर्न गई कम्युनिस्टहरू ढोँगी, र कठमुल्लाहवादी ठहर भई अनेक झमेलामा पर्ने उनको निष्कर्ष छ । त्यस्तै उनले जनताको बहुदलीय जनवाद (जबज) सामन्तवाद, दलाल नोकरशाही पूँजीवाद, साम्राज्यवादविरोधी नेपाली क्रान्तिको कार्यक्रम भएको उल्लेख गरेका छन्।

‘नेपाली समाज सामन्तवादबाट अगाडि बढेर पूँजीवादमा प्रवेश गरेको कारणले क्रान्तिको कार्यक्रमको रूपमा चाहिँ जबजको च्याप्टर क्लोज भयो आम रूपमा । तर, जनताको बहुदलीय क्रान्ति नभईकन नेपाली समाज सामन्तवादबाट पूँजीवादी चरणमा प्रवेश गरेको कारणले जबजका कतिपय कार्यक्रमहरू पूरा हुन सकेनन्, तर पनि अब हामी पूँजीवादी क्रान्तिको चरणमा छैनौ, समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको छौ‌,’ उनले भने ।