एकीकृत समाजवादीको महाधिवेशनमा खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्षमण्डल गठन

एकीकृत समाजवादीको महाधिवेशनमा खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्षमण्डल गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले दशौं राष्ट्रिय महाधिवेशनमा पार्टीका सम्मानित नेता झलनाथ खनालको अध्यक्षतामा १३ सदस्यीय अध्यक्षमण्डल गठन भएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा सोमबार बसेको महाधिवेशनको बन्दसत्रले अध्यक्षमण्डल गठन गरेको छ ।

अध्यक्षमण्डलमा डा. बेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, घनेन्द्र बस्नेत, प्रवेश हमाल, केशवलाल श्रेष्ठ, धर्मनाथ साह, जयन्ती राई, रामचन्द्र झा, नागेन्द्र चौधरी, सावित्रा भुसाल, महबुज आलम र गणेश विक सदस्य छन् ।

पार्टीका उपमहासचिव प्रकाश ज्वाला संयोजक रहेको ३ सदस्यीय माइन्यूट लेखन कमिटी गठन गरिएको छ । समितिको सदस्यमा डा. गंगालाल तुलाधर र डा. विजय पौडेल छन् ।

बन्दसत्रले उपमहासचिव जगन्नाथ खतिवडा संयोजक तथा सदस्य राजेन्द्र राई, रामकुमारी झाँक्री, धर्मनाथ साह, जीवनराम श्रेष्ठ, हरि पराजुली, देवसिंह महता, भविश्वर पराजुली, यादव रायमाझी, अनारकली मियाँ, अब्दुल हुसेन खाँन, सरिता खड्का र नवराज श्रेष्ठ रहेको ‘बहस नोट’ कमिटी गठन गरेको छ ।

अध्यक्ष नेपालले महाधिवेशन सम्पन्न गर्नका लागि अध्यक्षमण्डलका अध्यक्ष खनाललाई टोपी र झोला प्रदान गरी जिम्मेवारी हस्तान्तरण गरेका छन् । अध्यक्षमण्डलले सम्पूर्ण महाधिवेशन सञ्चालन गर्न विभिन्न संयन्त्र बनाउने, विधान र प्रतिवेदनमाथि छलफलबाट सुझाव लिई दस्तावेज बनाएर पारित गर्ने जिम्मेवारी छ ।