काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक(ग्रेडवृद्धि)को परीक्षा तालिका सार्वजनिक गरेको छ।
२०८० को एसइईमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीका लागि बोर्डले साउन २३ गतेदेखि परीक्षा सञ्चालन गर्न लागेको हो।
कार्यालयले आज सूचना जारी गर्दै २०८० चैत्र १५ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय तालिका सार्वजनिक गरेको हो।





प्रतिक्रिया