काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी शर्माओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा(एमाले) र नेपाली कांग्रेसका बीचमा समझदारी भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले ओली नेतृत्वको सरकारले राजनीतिक स्थायीत्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानुनसमेत निर्माण गर्ने दुई दलबीच सहमति भएको उल्लेख गरेका छन् ।
‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानून समेत निर्माणगर्ने गरी केपीशर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार बनाउन नेकपा (एमाले) र नेपाली कांग्रेसका बीचमा समझदारी,’ पोखरेलले फेसबुकमा लेखेका छन्, ‘यस प्रकृयामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरीने ।’
ओली नेतृत्वको सरकारमा यस प्रक्रियामा सहमत अन्य दललाई पनि समावेश गरिने पोखरेलले उल्लेख गरेका छन् ।




प्रतिक्रिया