चितवन – नारायणगढ–मुग्लिङ सडक ढुंगा खसेर एकतर्फी अवरुद्ध भएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार जलबिरे चेनेज नजिक ढुंगा खसेर सडक एकतर्फी अवरुद्ध भएको छ ।
सडक दुईतर्फी खुलाउनका लागि लोडर मशिन पहिरोतर्फ पठाइएको र करीब १ घण्टामा सडक दुईतर्फी सञ्चालन हुने डिभिजन सडक कार्यालयले जनाएको छ ।




प्रतिक्रिया