एमाले सचिवालयको बैठक बस्दै,यस्ता छन् छलफलका एजेन्डा

एमाले सचिवालयको बैठक बस्दै,यस्ता छन् छलफलका एजेन्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । मंगलबार दिउँसो १ बजेलाई तय भएको बैठक बुधबार बिहान ११ बजेलाई सारिएको थियो।

पार्टी कार्यालय च्यासलमा बस्ने आजको सचिवालय बैठकमा समसामयिक राजनीति, नयाँ सरकारमा जाने मन्त्री, केन्द्रीय नेताका कार्यविभाजनलगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा असार २८ गते विश्वासको मत लिँदैछन् । उनले मत पाउने सम्भवना देखिँदैन । सरकार ढलेपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने समझदारी नेपाली कांग्रेससँग भइसकेको छ । सोहीअनुसार सरकारमा जाने मन्त्रीहरूका विषयमा सचिवालय बैठकमा छलफल गर्ने तयारी छ ।