काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आज पत्रकार सम्मेलन गर्दैछन्।
रास्वपा केन्द्रीय समितिले हिजो उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट निष्काशित गरेपछि आज पत्रकार सम्मेलन गर्न लागेका हुन्। ढकालले दिउँसो ३ बजे अनामनगरमा पत्रकार सम्मेलनका लागि सञ्चारकर्मीलाई बोलाएका छन्।
ढकाललाई रास्वपाले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यसमेत नरहने गरी मंगलबार मात्रै पार्टीको जिम्मेवारीबाट मुक्त गरेको थियो।




प्रतिक्रिया