काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) प्रतिनिधिसभा संसदीय दलको नेताबाट हटाइएकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सभामा बदला लिएकी छन् ।
अध्यक्ष रञ्जिता पक्षका सांसदले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेताबाट संरक्षक रेशम चौधरी पक्षका सांसद घनश्याम चौधरीलाई हटाएका छन् ।
चौधरीलाई हटाएर नाउपाका बहुमत सांसदले खुशीराम डगौरा थारुलाई दल नेता चुनेका छन् ।
प्रदेश सभामा ७ सांसद रहेकोमा ४ सांसद उपस्थित बैठकले दल नेता परिवर्तन गरेको हो । नाउपाभित्र रञ्जिता र रेशम पक्ष एकअर्कालाई हटाउने रणनीति कार्यान्वयन गर्दै आएका छन् ।
पछिल्लो बैठकले संसदीय दलको उपनेतामा कैलाश चौधरी र प्रमुख सचेतकमा टीका थापालाई चयन गरेको छ । बैठकमा बहुमत सांसदहरू लक्ष्मणकिशोर चौधरी, खुशीराम डगौरा थारु, कैलाश चौधरी र टीका थापा उपस्थित थिए ।
यसअघि प्रतिनिधि सभामा रेशम पक्षका बहुमत सांसदले रञ्जितालाई दल नेताबाट हटाएर गंगाराम चौधरीलाई चयन गरेका थिए ।




प्रतिक्रिया