काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार हटेपछि बसेको समाजवादी मोर्चाको बैठकले हालै बनेको नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई विश्लेषण गर्न कार्यदल बनाएको छ ।
मंगलबार बसेको बैठकले कार्यदललाई देशको पछिल्लो राजनीतिक स्थितिको विश्लेषण गर्ने जिम्मा दिएको छ ।
कार्यदलमा खड्गबहादुर विश्वकर्मा, देव गुरुङ, प्रमेश हमाल र गंगा नारायण श्रेष्ठ रहेका छन् । कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा तोकिएको छ ।
मोर्चाको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमले देशलाई पश्चगमनमा धकेलेको निष्कर्ष निकालेको नेकपाका नेता खड्गबहादुर विश्वकर्माले बताए । बैठकले मोर्चामा अन्य दललाई आबद्ध गराउने निर्णय समेत गरेको छ ।
मोर्चाको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत सहभागी थिए ।




प्रतिक्रिया