सरकारको पहलमा आज बंगलादेशबाट १७ जना विद्यार्थी नेपाल ल्याइँदै

सरकारको पहलमा आज बंगलादेशबाट १७ जना विद्यार्थी नेपाल ल्याइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-बंगलादेशमा अध्ययनरत नेपालीमध्ये १७ जना विद्यार्थीलाई आज नेपाल फर्काइँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशमा जारी अन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताएका कारण करिब १७ जनालाई आज ढाकाबाट काठमाडौँ ल्याइने जनाएका छन् ।

उनले परिवारको माग बमोजिम बंगलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको जनाकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले शनिवार राति सामाजिक सञ्जालमा जारी गरेको सन्देशमा भनेका छन्, ‘बङ्गलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन् । ती विद्यार्थीका परिवारसँग आज (शानिबार) मेरो भेट भयो । परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीलाई भोलि आएतबार ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौ फर्काउने प्रबन्ध गरिएको छ ।’

प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको पनि उल्लेख गरेका छन् ।

बंगलादेशमा सरकारी सेवा प्रवेशमा निर्धारित गरिएको आरक्षणको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । करिब तीन हजार नेपाली विद्यार्थी बङ्गलादेशमा रहेका ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।