काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।
प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभामा राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न पार्टी सांसदहरुलाई संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले एक सूचना जारी गरी ह्वीप जारी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिँदैछन् । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले विपक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन् ।




प्रतिक्रिया