काठमाण्डु – निर्वाचन आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाइ बुधबारका लागि तोकिएको छ ।
प्रधानको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारमा बोलाइएको संसदीय सुनुवाइ समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिइन् ।
२ असारमा बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न गरेको सिफारिस पत्र परिषदले ४ असारमा सुनुवाइ समितिमा पठाएको थियो ।




प्रतिक्रिया