अस्वीकृत हुने डरले प्रधानले लिए प्रस्तावित निर्वाचन आयुक्तबाट नाम फिर्ता

अस्वीकृत हुने डरले प्रधानले लिए प्रस्तावित निर्वाचन आयुक्तबाट नाम फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन्। संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुने भएपछि प्रधानले नाम फिर्ता लिएको निवेदन संसदीय सुनुवाइ समितिमा दिएका छन् ।

प्रधानबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक साँझ ५ बजेका लागि बोलाइएको थियो ।

गएको असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेपछि संसदीय समितिले सुनुवाइ गरिसकेको छ।

प्रधान यौन आचरणको विवादमा परेका कारण संविधानले तोकेको ‘उच्च नैतिक चरित्र’को मापदण्डभित्र नपर्ने धेरै सांसदहरूको धारणापछि उनले नाम फिर्ता लिएका हुन् ।

प्रधानले एक महिलालाई जागिर लगाइदिन्छु भनी यौन शोषण गरेको र पछि ठूलो रकम तिरेर अदालतको मुद्दामा मिलापत्र गरेको उजुरी तथा अन्य प्रमाणहरू संसदीय समितिमा पुगेका थिए।