यस्तो छ नाम फिर्ता लिन प्रधानले संसदीय समितिमा पेस गरेको निवेदन

यस्तो छ नाम फिर्ता लिन प्रधानले संसदीय समितिमा पेस गरेको निवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिन संसदीय सुनुवाइ समितिमा निवेदन दिएका छन् । उनको निवेदन समितिमा एक नम्बरमा दर्ता भएको छ ।

गएको असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेपछि संसदीय समितिले सुनुवाइ गरिसकेको छ।

प्रधान यौन आचरणको विवादमा परेका कारण संविधानले तोकेको ‘उच्च नैतिक चरित्र’को मापदण्डभित्र नपर्ने धेरै सांसदहरूको धारणापछि उनले नाम फिर्ता लिएका हुन् ।

यसअघि संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानलाई संसदीय सुनुवाइ समितिबाट अनुमोदन गर्न नसक्ने निष्कर्ष निकालेका थिए ।

बिहान ११ बजे बोलाइएको संसदीय सुनवाइ समितिको बैठक स्थगित गरेर बसेको दुवै दलका सांसदहरुको बैठकले कृष्णमानलाई निर्वाचन आयुक्तमा अनुमोदन गर्न नसक्ने निष्कर्ष निकालेको थियो ।

यस्तो छ निवेदन :