काठमाण्डु – सिन्धुपाल्चोकको पूर्वाधार विकास कार्यालयका सबइन्जिनीयर हिराबाबु थापासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
दोलखाको बिगु गाउँपालिका–३ स्थित लाकुरीडाँडा पिपलडाँडा ग्रामीण सडकको स्तरोन्नति गर्न पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकसँग ठेक्का सम्झौतामा सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिएको आरोपमा सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
अख्तियारको आरोप पत्रमा थापासहित कार्यालयका सुपरभाइजर नहकुल शिवाकोटी र सुम्बा शेर्पालाई पनि प्रतिवादी बनाइएको छ । दुवैले थापाको निर्देशनअनुसार घुस रकम लिएको आरोप छ ।




प्रतिक्रिया