प्रधानमन्त्री ओलीले आज संघीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै

प्रधानमन्त्री ओलीले आज संघीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा आज संघीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदैछन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, उच्चपदस्थ पदाधिकारीको उपस्थिति रहनेछ ।

प्रधानमन्त्री ओलीले सबै सचिवसँग मन्त्रालयगत कामका विद्यमान अवस्था र भावी योजनाका विषयमा यही साउन १३ गते ब्रिफिङ लिएका थिए ।

सचिवहरुले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजना, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिएका थिए । ओलीले प्रधानमन्त्री भएपछि पहिलो पटक यस प्रकारको बैठक भएको हो ।