बागमती प्रदेशका मुख्यमन्त्री लामालाई विश्वासको मत प्राप्त

बागमती प्रदेशका मुख्यमन्त्री लामालाई विश्वासको मत प्राप्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेश सभाको मंगलबार बसेको बैठकमा मुख्यमन्त्री लामाले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा उपस्थित १०३ जना प्रदेशसभा सदस्यमध्ये ६४ मत परेको छ ।

प्रस्तावको विपक्षमा ३५ र तटस्थमा ३ मत परेको सभामुख भूवनकुमार पाठकले जानकारी दिए । विश्वासको मतका पक्षमा सत्ता गठबन्धन दल नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ गरी जम्मा ६४ मत खसेको हो ।

विपक्षमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपाका प्रदेशसभा सदस्यले मतदान गरेका थिए भने नेपाल मजदुर किसान पार्टीका ३ जना तटस्थ बसेका थिए ।

बैठकमा हाम्रो नेपाली पार्टीका २ र राप्रपाका ५ गरी ७ जना अनुपस्थित थिए । बागमती प्रदेशसभा ११० सदस्यीय छ ।

प्रदेश सभाको अर्को बैठक साउन १६ गते बुधबार अपराह्न १ बजे बस्ने गरी सभामुख भुवनकुमार पाठकले स्थगित गरेका छन् ।