काठमाण्डु – कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापा निर्विरोध निर्वाचित भएकी छन् ।
कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालको समर्थनमा थापा मंगलबार निर्विरोध निर्वाचित भएकी ज्येष्ठ सदस्य टेकबहादुर गुरुङले घोषणा गरे ।
समितिको सभापति डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री नियुक्त भएपछि सभापति पद रिक्त थियो । समितिको सभापति पदमा कांग्रेसका थापाको मात्र उम्मेदवारी परेको थियो ।




प्रतिक्रिया