प्रहरीलाई १ हजार घूस दिने तामाङ पक्राउ

प्रहरीलाई १ हजार घूस दिने तामाङ पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिका–१० स्थित बुद्धनगरचोकमा सवारीसाधन जाँच गर्ने क्रममा घूस दिने बा २ ख ८१२९ नम्बरको मिनिट्रक चालक जितबहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

चालकले मिनिट्रको कागजपत्र नभएको भनी प्रहरीलाई नगद १ हजार रुपियाँ घूस दिएकाले निज तामाङलाई महानगरीय प्रहरी वृत बानेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।