कर्णालीका मुख्यमन्त्री कँडेललाई प्रदेश सभामा विश्वासको मत

कर्णालीका मुख्यमन्त्री कँडेललाई प्रदेश सभामा विश्वासको मत

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सभामा विश्वासको मत पाएका छन् ।

सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई प्रदेश सभाका २३ सांसदले विश्वासको मत दिएका छन् ।

विश्वासको मतका लागि मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा २३ र विपक्षमा १४ सांसदले मतदान गरेका छन् ।

कर्णालीमा नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाएका छन् ।