काठमाण्डु-भारी वर्षा र भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । अबिरल बर्षा र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान र अवतरणमा समस्या भएको विमानस्थलले जनाएको छ ।
आज बिहान खराब मौसमकै कारण केही जहाज आकाशमा नै होल्ड र केही डाइभर्ट भएको छ । अहिले त्रिभुवन विमानस्थलको भिजिबिलिटी एक हजार भन्दा कम रहेकाले अवतरण हुन समस्या आएको हो ।
काठमाडौंबाट टुर्किस्तान एयर डाइभर्ट भएर लखनउ अवतरण गरेको छ । त्यसैगरी एयर इन्डिया, ड्रुर्क एयर, दोहा र दुबईबाट आएको हिमालय एयरलाइन्स पनि आकाशमा होल्ड भएका छन् ।




प्रतिक्रिया