गुल्मी– गुल्मीको मुसिकोटमा पहिरोले २ वटा घर पुरिएका छन् ।
घर पुरिंदा एक जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् ।
मंगलबार बिहान मुसिकोट नगरपालिकाको वडा नम्बर–१ बिसौनामा घरमाथिबाट लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरिएको प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएर २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए ।
बेपत्ता भएकाहरूको खोजीका लागि प्रहरी र स्थानीयवासी परिचालन भएका छन् ।




प्रतिक्रिया