मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर, पर्यटनमन्त्री पाण्डेकाे बढुवा (सूचीसहित)

 मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर, पर्यटनमन्त्री पाण्डेकाे बढुवा (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–राष्ट्रपति रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरेका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा बिहीबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरेका हुन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा (७६)को उपधारा (९) बमोजिम गत असार ३१ गते गठित मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

वरीयता हेरफेरअनुसार पर्यटनमन्त्री बद्री पाण्डे बढुवा भएका छन् भने स्वास्थ्यमन्त्री प्रदीप पौडेल घटुवा भएका छन् ।  १६ औं स्थानमा रहेका मन्त्री पाण्डे १४ नम्बरमा बढुवा भएका छन् ।

पाण्डेको ठाउँमा पौडेल पुगेका छन् । मन्त्री पाण्डे हाल कांग्रेसका सहमहामन्त्री रहेका छन् ।