बिहारबाट नक्कली प्रमाणपत्र ल्याएर बढुवा भएका सहायक लेखापालविरुद्ध मुद्दा दायर

बिहारबाट नक्कली प्रमाणपत्र ल्याएर बढुवा भएका सहायक लेखापालविरुद्ध मुद्दा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल विद्युत् प्राधिकरण बुटवल वितरण केन्द्रका सहायक लेखापाल सुधिरकुमार चतुर्वेदीले भारतको बिहारबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर बढुवा भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए ।

२०६६ कात्तिक ९ गतेदेखि लागू हुने गरी क्लर्क (लेखा) तह ३ मा स्थायी नियुक्ति पाएका उनले सहायक लेखापाल तह ४ मा बढुवा हुँदा नक्कली प्रमाणपत्र प्रयोग गरेको आरोप छ ।

बिहारको संस्कृत शिक्षा बोर्डबाट मध्यमा (हाईस्कूल) तहको द्वितीय श्रेणीमा उत्तीर्ण गरेको लब्धांक पत्र, अस्थायी प्रमाणपत्र, श्री जगनाथ शाह संस्कृत प्रा.सह माध्यमिक विद्यालय, कौडिहार चौक महाविर नगर, रक्सौल पूर्वी चम्पारण (बिहार) बाट जारी आचरण प्रमाणपत्र र विद्यालय परित्याग समेतको झूटा तथा नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रहरू पेश गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

चतुर्वेदीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई विशेष अदालत काठमाण्डुमा बिहीबार आरोपपत्र दायर गरिएको छ ।