काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदमा जलनसम्बन्धी गैरसरकारी विधेयक दर्ता गर्ने भएको छ।
मंगलबार बसेको पार्टी संसदीय दलको बैठकमा यसबारे छलफल भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
‘रास्वपाले जलनसम्बन्धी एउटा विधेयकको तयारी गरेको छ। त्यो विधेयकको अन्तिम छलफल चलिरहेको छ। त्यो आज हामी टुंग्याउँछौं।’ उनले भने।
यस्तै, रास्वपाले भ्रष्टाचार निवारणसम्बन्धी बनिरहेको कानुनमा हदम्याद राख्ने विषय स्वीकार्य नहुने जनाएको छ ।
‘त्यो कुनै हालतमा स्वीकार्य हुँदैन । भ्रष्टाचारको मुद्दामा कुनैपनि बेला मुद्दा चल्न सक्छ । विगतमा गरेका भ्रष्टाचारबाट उन्मुक्ति पाउने दलहरूको प्रयास देखिन्छ । यसमा रास्वपालाई स्वीकार्य छैन र यसबारेमा पनि सदनमा उठाउने छौँ’, परियारले भने ।




प्रतिक्रिया