मर्मतपछि पूर्वपश्चिम राजमार्ग सञ्चालनमा आयाे

मर्मतपछि पूर्वपश्चिम राजमार्ग सञ्चालनमा आयाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपुर–पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतपछि सञ्चालनमा आएको छ।

सडक भासिएसँगै केही समयका लागि यातायात सञ्चलनमा रोक लगाइए पनि मर्मतपछि आवतजावतका लागि सडक खुला गरिएको हो।

नवलपुरको दाउन्नेमा गए राति सडक भासिएको थियो।

विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुन सक्ने भएकाले यातायात रोकेर मर्मत गरिएको थियो।

अहिले आंशिक रुपमा शतर्कताकासाथ सडक सञ्चलन गरिएको बताइएको छ।