संघीय संसद् भवन अगाडिको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रममा अभियन्ता सुनार पक्राउ

संघीय संसद् भवन अगाडिको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रममा अभियन्ता सुनार पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकार निर्माण तथा राजनीतिक नियुक्ति लगायत सबै क्षेत्रमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गर्दै केही दिनदेखि माइतीघर मण्डलामा आन्दोलनरत दलितका लागि दलित अभियान नेपालका संयोजक खगेन्द्र सुनारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

संघीय संसद् भवन नयाँबानेश्वर अगाडि निषेधित क्षेत्रमा प्लेकार्डसहित प्रदर्शन गर्न खोज्दा संयोजक सुनारलाई पक्राउ गरिएको हो ।

हातखुट्टामा साङ्लाले बाँधिएर आन्दोलन गरिरहेका सुनारलाई मंगलबार दिउँसो पक्राउ गरी प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको अभियन्ता रेम विकले जानकारी दिए ।

प्रदर्शनकारीहरूले दलितलाई मन्त्री खै ? दलितलाई कानुन खै ? दलितलाई नियुक्ति खै ? जस्ता प्रश्न लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।