माओवादी नै शान्ति प्रक्रियाको आरम्भकर्ता हो भन्न द्विविधा मान्नुपर्दैन : अध्यक्ष प्रचण्ड

माओवादी नै शान्ति प्रक्रियाको आरम्भकर्ता हो भन्न द्विविधा मान्नुपर्दैन : अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नै शान्ति प्रक्रियाको आरम्भकर्ता हो भन्न द्विविधा मान्नु नपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा शान्ति प्रक्रिया टुंग्याउने विधेयकहरूमाथिको छलफलका क्रममा बोल्दै उनले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई सम्झिए । उनले भने, ‘शान्ति प्रक्रियाका धेरै विषयमा मिलेर काम गरेको स्मरण गर्न चाहन्छु । अस्पतालको अन्तिम शय्यामा आफूपछि शान्ति प्रक्रियाको सबै जिम्मेवारी मलाई सुम्पिनुभएको थियो ।’

२०६१ सालको अन्त्यबाट शान्ति प्रक्रिया सुरु भएको स्मरण गर्दै उनले शान्ति प्रक्रिया कार्यान्वयनको जटिलता अझै पनि रहेको बताए ।