काठमाण्डु – नेकपा एमालेका मुख्य सचेतक महेश बर्ताैलाले सशस्त्र द्वन्द्वमा पीडित भएका सुरक्षाकर्मी र उनका परिवारले सरकारबाट राहत पाउने गरी टीआरसी विधेयकमा प्रावधान राखिएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथि छलफल गर्दै उनले राज्यलाई अप्ठ्यारो पर्दा लडेका राष्ट्रसेवक सुरक्षाकर्मी र उनीहरूका परिवारका लागि विशेष राहत सहयोग परिपूरणको व्यवस्था गरिएको बताए ।
बारुदी सुरुङमा परेकाहरूका लागि विशेष राहत परिपूरणको व्यवस्था गरिएको उनले बताए । ‘कतिपय व्यक्ति अहिले पनि अंगभंग घाइते अवस्थामा छन्,’ उनले भने, ‘सशस्त्र द्वन्द्वको समयमा पीडित भएका कोही पनि परिपूरणको हकबाट वञ्चित हुने छैनन् भन्ने व्यवस्था छ । पीडितलाई केन्द्रमा राखिएको छ ।’
द्वन्द्वका बेला जबरजस्ती करणीमा परेकाहरूले नियमित फौजदारी कानूनअनुसार न्याय पाउने र जघन्य यौनजन्य पीडितले विगतमा चाहेर पनि उजुरी गर्न सकेनन् भने थप ३ महिनाभित्र उजुरी दिनसक्ने प्रावधान राखिएको उनले बताए ।




प्रतिक्रिया