शान्तिमा योगदान पुर्‍याएबापत राजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्छ : लिङ्देन

शान्तिमा योगदान पुर्‍याएबापत राजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्छ : लिङ्देन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको शान्ति प्रक्रियामा योगदान पुर्‍याएबापत राजालाई नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने तर्क गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथिको छलफलका क्रममा उनले शान्ति कायम राख्न राजाले सहजै राजगद्दी छाडेको स्मरण गरे । उनले भने, ‘राजाले सहजै गद्दी छाडेका हुन् ।’

संसद्मा प्राप्त गणित मात्रै सत्य नहुने बताउँदै उनले बंगलादेशबाट पाठ सिक्नुपर्ने बताए ।

भ्रष्टाचार र हिंसा जहिले पनि दण्डित हुनुपर्ने उनले बताए । ‘धेरै व्यक्ति आस्थाका कारण मात्रै आक्रमणमा परे र कतिपयले ज्यान गुमाए । मेरो छोरी र श्रीमतीले थातथलो छाड्नुपर्‍यो । अब त्यस्तो दिन कहिल्यै नआओस्,’ उनले भने ।