चित्रबहादुरको प्रश्न : २० महिनामा २ चोटी बालकोट, २ चोटी बूढानिलकण्ठ ! यो जनयुद्ध थियो ?

चित्रबहादुरको प्रश्न : २० महिनामा २ चोटी बालकोट, २ चोटी बूढानिलकण्ठ ! यो जनयुद्ध थियो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय जनमोर्चा (राजमो) अध्यक्ष चित्रबहादुर केसीले नेकपा माओवादीको नेतृत्वमा भएको सशस्त्र कारवाहीलाई जनयुद्ध मान्न नसकिने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथिको छलफलका क्रममा बोल्दै उनले भने, ‘माओवादीको नेतृत्वमा भएको सशस्त्र कारवाहीलाई हामीले कहिल्यै पनि जनयुद्ध मानेका छैनौं । त्यो उग्र वामपन्थी फड्कार हो । २० महिनामा पदका लागि २ चोटी बालकोट, २ चोटी बूढानिलकण्ठ ! यो जनयुद्ध थियो ?’

सशस्त्र द्वन्द्वमा माओवादी र सत्तापक्षबाट निर्दाेष जनतामाथि भएका दमन र अपराध जस्ता कारवाहीको राजमोले सुरुदेखि नै विरोध गर्दै आएको उनले बताए ।