काठमाण्डु– न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ ।
उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको उपचारका क्रममा निधन भएको हाे ।
उनको निधनको शोकमा उच्च अदालत पाटनको सबै कामकारबाही बिहीबार बन्द हुने उच्च अदालत पाटनले जनाएको छ ।
उनको पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी गरिएको छ ।
उनी न्यायप्रशासन सेवाबाट उच्च अदालतमा नियुक्त भएका थिए । उनी ब्रेन ट्युमरका कारण बिरामी थिए ।




प्रतिक्रिया