नेकपा एसले बाेलायाे केन्द्रीय कमिटीको बैठक

नेकपा एसले बाेलायाे केन्द्रीय कमिटीको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक आह्वान गरेकाे छ ।

आगामी भाद्र ९,१० र ११ गते बिहान ११ बजे काठमाडौँमा बैठक डाकिएको महासचिव घनश्याम भुसालले जानकारी दिए ।

बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको सपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माणलगायतको एजेण्डा रहेको भुसालले जानकारी दिए ।

उनका अनुसार बैठक बस्ने स्थान भने टुंगो लागेको छैन् । गत असारमा महाधिवेशन गरेको एसले पदाधिकारी चयन गर्न सकेको छैन् । लामो रस्साकस्सीपछि केन्द्रीय कमिटी चयन गरेपछि पदाधिकारी चयनमा भने सकस परेको छ । आगामी बैठकसम्म पदाधिकारी चयन हुने नेताहरु बताउँछन् ।

त्यसोत केन्द्रीय कमिटी बैठक अघिनै एस र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुने हल्लासमेत चलेको छ । माओवादीले एसलाई पार्टीमा गाभ्न घनिभूत छलफल चलाईरहेको छ । यता एसले भने तत्काल पार्टी एकता नहुने बताउँदै आएको छ ।