कोशी सरकारको १०० दिनको उपलब्धि सार्वजनिक (पूर्णपाठ)

कोशी सरकारको १०० दिनको उपलब्धि सार्वजनिक (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले १०० दिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा १०० दिनको उपलब्धिलाई उनले ६० बुँदेमा समेटेका छन् ।

आफ्नो नेतृत्वमा पछिल्लोपटक सरकार बनेको १०० दिन पुगेको अवसरमा शुक्रबार उपलब्धि सार्वजनिक गरेका छन् । खासगरी सुशासन, सामाजिक न्याय र विकास निर्माणको फेहरिस्त उनको १०० दिने कार्यक्रमका रूपमा समावेश गरिएको छ ।

उनी गत वैशाख २७ गते माओवादी केन्द्रको सहयोगमा मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री कार्कीले वेबसाइट निर्माणलाई पनि उपलब्धिमा राखेका छन् । प्रदेश सभाका विषयगत समितिहरूको छुट्टाछुट्टै वेबसाइट निर्माण गरिएको कुरालाई उनले प्रगति विवरणमा राखेका छन् ।

प्रदेश सभामा दर्ता हुन आएका विधेयकहरूलाई वेबसाइटमार्फत सार्वजनिक गर्न थालेको उपलब्धिमा उल्लेख छ । यसअघिका सरकारले बजेट विनियोजन गरेर निर्माण सम्पन्न भएका पुल तथा बाटोहरूलाई उनले उपलब्धिमा राखेका छन् ।