सिन्धुपाल्चोकमा गए राति ठूलो वर्षा

सिन्धुपाल्चोकमा गए राति ठूलो वर्षा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-गएराति सिन्धुपाल्चोक र आसपासका ठाउँमा ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको नवलपुरमा ८८ दशमलव ६ मिलिमिटर पानी परेको छ ।

सिन्धुपाल्चोकको भोताङ, मानेखर्क, धाप, बासँखर्क, गोब्रे र नवलपुर आसपासमा ठूलो पानी परेकाले त्यस क्षेत्र भई बहने मेलम्ची, ईन्द्रावती नदी र यसका सहायक खोलाहरूमा आकस्मिक बाढीको र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने रहेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

राति देशका अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज पनि केही ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।