लुम्बिनीका मुख्यमन्त्री आचार्य एमाले संसदीय दलको नेता चयन

लुम्बिनीका मुख्यमन्त्री आचार्य एमाले संसदीय दलको नेता चयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेकपा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेता चयन भएका छन् ।

संसदीय दलको शनिबार बुटवलमा बसेको बैठकले दलको नेतामा आचार्यलाई सर्वसम्मत चयन गरेको छ ।

दलको उपनेता आचार्यलाई केन्द्रीय नेतृत्वको निर्देशनमा मुख्यमन्त्री बनाइएपछि तत्काल दलको नेता रहेका पूर्व मुख्यमन्त्री लीला गिरीले साउन ७ गते राजीनामा दिएका थिए ।

शनिबार बुटवलमा बसेको २६ जना प्रदेशसभा सदस्यको सर्वसम्मत निर्णयबाट आचार्यलाई दलको नेता बनेका छन् । दलको उपनेतामा भोजप्रसाद श्रेष्ठ, प्रमुख सचेतकमा तुलसीप्रसाद चौधरी र सचेतकमा यमुना रोका चयन भएका छन् । लुम्बिनीमा एमालेका २९ सांसद छन् ।