काठमाण्डु – भारतीय विदेश मन्त्रालयले नेपालका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमणले दुई देशको सम्बन्धलाई अझ अगाडि बढाउन मद्दत गर्ने जनाएको छ ।
शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भारतको विदेश मन्त्रालयले मन्त्री राणाले भदौ २ देखि ६ गतेसम्म भ्रमण गर्ने जनाएको छ ।
भारतीय विदेशमन्त्री एस जयशंकरको नियन्त्रणामा डा. राणाको औपचारिक भ्रमण हुन लागेको छ ।
भारतले विज्ञप्तिमा भनेको छ, ‘परराष्ट्रमन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको हो । छिमेकी पहिलो नीतिमा नेपाल भारतको प्राथमिकता साझेदार हो । आगामी भ्रमणले दुवै पक्षलाई द्विपक्षीय सहयोगमा भएको प्रगतिबारे छलफल र समीक्षा गर्ने अवसर प्रदान गर्नेछ, हाम्रो सम्बन्धलाई अझ अगाडि बढाउन मद्दत गर्नेछ ।’
नेपालको मन्त्रिपरिषद् बैठकले मन्त्री राणाको भ्रमणलाई स्वीकृत गरिसकेको छ ।




प्रतिक्रिया