एकतामा ढिलाइ भइरहँदा प्रचण्डले यस्तो भने

एकतामा ढिलाइ भइरहँदा प्रचण्डले यस्तो भने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाेलखा– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले चाँडै जनअपेक्षाअनुसार काम गर्ने बताएका छन्।

दोलखामा शनिबार आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले एकीकरण पछिका सबै कमिटीले पूर्णता पाउने बताए।

नेताहरुको व्यस्तताका कारण तल्ला कमिटी निर्माणमा ढिलाई भए पनि विवाद नरहेको बताउँदै उनले पार्टी एकतापछि सातै प्रदेशमा जनसभा गरिनेसमेत बताए।

प्रचण्डले मंसिर ६ गते सचिवालय बैठक बसेर प्रदेश कमिटी र जिल्लाका पदाधिकारीको टुंगो लगाउने बताए। यसबारेमा शुक्रबार साँझ अर्का अध्यक्ष केपी शर्मा ओलीसँग बसेर निष्कर्षमा पुगेको उनले बताए।

६ गते बैठक बसेर प्रदेश कमिटी टुंग्याउने, केन्द्रीय समितिको कार्यविभाजको प्रस्ताव टुंग्याउने र जिल्लाको पदाधिकारी टुंग्याउने तथा लगत्तै स्थायी समितिको बैठक बसेर कार्यविभाजनको प्रस्तावलाई अन्तिम रुप दिने तथा केन्द्रीय समितिले अनुमोदन गराउने निष्कर्षमा आफूहरु पुगेको प्रचण्डको भनाइ छ।