सर्वसाधारणका लागि धरहरा खुला गर्ने तयारी

सर्वसाधारणका लागि धरहरा खुला गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले आम सर्वसाधारणका लागि धरहरा खुला गर्ने तयारी गरेकाे छ ।

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले बुधबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकारहरुसँगको छलफलका क्रममा सो कुराको जानकारी दिए ।

उनले धरहराको सबै काम नसकिए पनि चढ्न चाहनेहरुका लागि आवश्यक बन्दोबस्त मिलाएर केही समयपछि नै खुला गर्ने बताए ।

उनले नयाँ संसद भवन आफू मन्त्री भएर आउँदा नै ८२ प्रतिशत काम सकिसकेको र अहिले काम जारी रहेकाले समयसीमाभित्रै काम सकेर सञ्चालन गर्ने तयारी रहेको पनि बताए ।

उनले संसदकै पहिलो र दोस्रो ठूलो राजनीतिक दलहरु मिलेर सरकार बनेकाले नयाँ शहरहरुलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने बताए ।

‘संसदकै पहिलो र दोस्रो ठूलो राजनीतिक दलहरु मिलेर सरकार बनेको छ। जुन तपाईंहरूले अपेक्षा गर्नुभएको छ। यो नयाँ सहररूको बारेमा के हुँदैछ? यो धरहराको केही दिनमै कम्प्लिट पार्ट होइन, केही पार्ट इच्छुक हुने, धरहरा चढ्न चाहनेहरुको बन्दोबस्त गर्न हामी लागिरहेका छौँ,’ उपप्रधानमन्त्री सिंहले भने।

उनले सरकार अहिले नीति निर्माणमा बढी जोड दिइरहेको बताए ।