काठमाण्डु– रास्वपाका निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले अन्तिम पटक स्पष्टीकरण सोध्ने भएकाे छ।
पार्टी कार्यालय वनस्थलीमा जारी केन्द्रीय समिति बैठकले साधारण सदस्यबाट पनि निष्कासन गर्नुअघि एक पटक फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
ढकाललाई पार्टीबाट हटाउनुअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय भएकाे कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
२५ असारमा रास्वपाले ढकाललाई महामन्त्री, प्रवक्ता, केन्द्रीय सदस्य पदबाट हटाएको थियो । ३० साउनमा पनि रास्वपाले मुकुलसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो । जसको जवाफमा ढकालले सभापति रवि लामिछानेलाई उल्टै प्रश्न उठाएका थिए। उनलाई साधारण सदस्यबाट पनि किन नहटाउने भन्दै रास्वपाले स्पष्टीकरण माग गरेको हो ।
यस्तै बैठकले स्थानीय तहको उप निर्वाचनमा भाग लिने निर्णय समेत गरेकाे छ । बैठकमा केही सदस्यले स्ततन्त्र उम्मेदवारलाई सहयोग गर्नेबारे मत राखेका थिए।




प्रतिक्रिया