नेपाली सेनामा अधिकृत क्याडेटतर्फ भर्ना खुल्यो (सूचनासहित)

नेपाली सेनामा अधिकृत क्याडेटतर्फ भर्ना खुल्यो (सूचनासहित)

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपाली सेनाले अधिकृत क्याडेट पदतर्फ २८० जनाका लागि भर्ना खोलेको छ ।

नेपाली सेनाले आज एक सूचना जारी गर्दै रिक्त अधिकृत पदतर्फ (सहायक सेनानी÷उपसेनानी) खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

सेनाले योग्यता पुगेका नेपाली नागरिकलाई नेपाली सेनाको आधिकारिक वेबसाइट बाट अनलाईन दरखास्त फारम भरी सो को प्रिन्टसहित स्वयं उपस्थित भई तोकिएको भर्ना केन्द्रमा १० रुपैयाँको टिकट टाँसी दरखास्त पेश गर्न पनि आग्रह गरेको छ ।