एक लाख घुससहित प्रहरी हवल्दार सुदामा पक्राउ

एक लाख घुससहित प्रहरी हवल्दार सुदामा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा – घुस रकम लिंदैगर्दा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार सुदामा हजरा पक्राउ परेका छन् ।

नेपालबाट उत्पादित पान, मसालाजन्य पदार्थहरु विभिन्न ठाउँमा पठाउन सहज गराईदिने बाहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडा, मकवानपुरबाट खटिएको टोलीले एक लाख रुपैंया घुस लिंदैगर्दा रंगेहात पक्राउ गरेको हो ।

उनलाई बारा कलैया उप–महानगरपालिका–१ स्थित देवकीलाल धर्मशालाबाट कात्तिक ३० गते नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।