योगेश भट्टराई निर्वाचित ताप्लेजुङमा विकास साझेदारीको चार करोड बाँडफाँट, कुन शीर्षकमा कति ?

योगेश भट्टराई निर्वाचित ताप्लेजुङमा विकास साझेदारीको चार करोड बाँडफाँट, कुन शीर्षकमा कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत ताप्लेजुङ जिल्लामा आर्थिक वर्ष २०७५-०७६ को ४ करोड बजेट बाडफाँट गरिए्रको छ।

प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको अध्यक्षतामा ताप्लेजुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका माननीय सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख, उप–प्रमुख, जिल्लाका ९ वटै स्थानीय तहका प्रमुखहरु र राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितिमा भएको परामर्श समितिको बैठक पश्चात निर्देशक समितिले बजेट बाँडफाँट गरेको हो।

परार्मश समितिमा आएका सुझाव र स्थानीय आवश्यकतालाई ध्यान दिँदै सांसद भट्टराई र जिल्ला समन्वय अधिकारी सम्मिलित कार्यक्रम निर्देशक समितिको बैठकले २० वटा आयोजनाहरु छनोट गरी बजेट विनियोजन समेत गरेको सांसद भट्टराईको निजी सचिवालयले जनाएको छ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्र्तगत विनोयोजित रकममा स्थानीय तहबाट साझेदारी गरी आयोजनाहरुलाई अझ प्रभावकारी बनाउनका लागि गाँउपालिकाहरुले विनियोजित रकमको कम्तिमा ३० प्रतिशत र नगरपालिकाले कम्तिमा ५० प्रतिशत साझेदारी गरी काम सफलतापूर्वक सम्पन्न गर्न भट्टराईले अनुरोध गरे।

 सूची
१– सिदिङ्गम्वा गाँउपालिकाः काबेली–मिश्रटार–बरडाडा–सिहंदेवी–सावलाखु भन्ज्याङ स्तरोन्नति : ५० लाख

२– फक्तालुङ गाँउपालिकाः लिङखिम–सिवा–थिवा–तापेथोक जोडने सडक स्तरोन्नति : ५० लाख

३ सिरिजंघा गाँउपालिका तेल्लोक मा.वी रंगसाला निर्माण : २५ लाख

४ सिनाम आधारभुत विद्यालय खेल मैदान निर्माण : १० लाख

५ पाथिभरा याङवरक गाँउपालिका थुम्बेदीन साप्लेखोप खेल मैदान निर्माण  : २५ लाख

६ हरिन्नदे विद्यालयदेखि कालिका मावीसम्म सडक निर्माण :  १५लाख

७ आठराई त्रिवेणी गाँउपालिका चुवाखोला संगमचोक देउराली सडक स्तरोन्नती : २५ लाख

८ परमसिं मा.वि खेल मैदान निर्माण  : १५लाख

९ मेरिङदेन गाँउपालिका लवा खोला जलविघुतको कुलो निर्माण : २५ लाख

१० थिङलावु थुङथाप फाकुम्बा महेन्द्र मावी हुँदै हाङफावुङ राजधानी जोड्ने सडक स्तरोन्नती : १५लाख

११ मैवाखोला गाँउपालिका टिमुरे खोला कल्भर्ट निर्माण : २५ लाख

१२ जनकल्याण आधारभुत विद्यालय तेल्लाबुङ खेल मैदान स्तरोन्नती : १० लाख

१३ मिक्वाखोला गाँउपालिका थलङ–साँवा–फुङफुङे झरना जोड्ने सडक निर्माण  : २५लाख

१४ मोती मावी खोक्लिङ खेल मैदान निर्माण  : १० लाख

१५ फुङलिङ नगरपालिका चिच्चोरा खोल्सा तटबन्ध  : १८ लाख

१६ हर्रावोटे भ-र्या सिचाई योजना  : १० लाख

१७ सिम्ले ढाडगाउँ खेल मैदान निर्माण  : १० लाख

१८ छत्रे धारा वरबोटे खानेपानी टंकी निर्माण  : १० लाख

१९. जनता मा.वी, हाङदेवा विद्यालय भवन निर्माण  : १० लाख

२०. बोझेनी   खानेपानी, फुरुम्बो  : १३ लाख

–कार्यविधि अनुसारको प्रशासनिक खर्च  : ४ लाख