देउवाविरुद्ध मोर्चाबन्दी गरेका तीन कोइराला एउटै मालामा

देउवाविरुद्ध मोर्चाबन्दी गरेका तीन कोइराला एउटै मालामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– कोइराला परिवारका नेपाली कांग्रेसका तीन नेतालाई जिपी फाउन्डेसनले एक स्थानमा उभ्याएको छ। फाउन्डेसनकी प्रमुख सुजाता कोइरालाले आफूसहित महामन्त्री डा शशांक कोइराला र डा शेखर कोइरालाले एउटै माला पहिरिएका छन्।

पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध मार्चाबन्दी गरिरहेका उनीहरुलाई आइतबार एउटै मालामा गुनेको हो, जिपी फाउन्डेसनले, विराटनगरमा। शशांक बिपी पुत्र हुन् भने सुजाता गिराजापुत्री। शेखर केशव–नोनापुत्र हुन्।

सुजाताको विशेष पहलमा आयोजित कार्यक्रममा पार्टीमा स्पष्ट सन्देश दिने गरी तीन कोइराला एकै ठाउँमा देखिएको बताइन्छ।
देउवाविरुद्ध मोर्चाबन्दी भइरहेका बेला १४ औँ महाधिवेशनमा सभापतिका आकांक्षी ठानिएका शेखर र शशांकलाई एकै ठाउँ उभ्याएर देउवाविरुद्धको मोर्चाबन्दी गरिएको कतिपयको बुुझाइछ।

सुजाताले यसअघि गत कात्तिक २५ गते मण्डिखाटारस्थित आफ्नो निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, डा. रामशरण महत, प्रकाशमानसिंह र कोइराला दाजुभाइलाई भेला गराएका थिइन् ।

कोइराला परिवारका नेताहरुको सक्रियताले पुनः उनीहरु १४औं महाधिवेशन केन्द्रित भएको देखाएको छ। दुई महिनाअघि विराटनगर र बुटवलमा बोल्ने क्रममा महामन्त्री कोइरालाले आगामी सभापतिका लागि कोइराला परिवारबाट उम्मेदवारी दिने घोषणा गरेकी थिइन्।

तीन नेता विगतमा पनि एकै स्थानमा उल्लेख गर्दै कार्यक्रममा डा शेखर कोइरालाले भने ‘भोलिका दिनमा पनि एक हुनेछौं।’