महोत्तरीमा सात लाख बराबरको धनमाल लुटपाट

महोत्तरीमा सात लाख बराबरको धनमाल लुटपाट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीको सोनमा गाउँपालिका-३,मा सात लाख बराबरको धनमाल लुटपाट भएको छ। भने लुटेरा समूहको कुटाइबाट एकै घरका ३ जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार आइतबार राति करिब १० जनाको डांकाहरूले स्थानीय ललिन यादवको घरको मूल ढोका फोरेर परिवारका सदस्यहरूलाई नियन्त्रणमा लिई दुई लाख नगद, पाँच तोला सुन, तीन थान मोबाइल, १० थान साडी र अन्य गर गहना गरी सात लाख रुपैयाँ बराबरको धनमाल लुटपाट गरेका हुन्।

डाँकाहरूले घरेलु हतियारले हानेर स्थानीय ललिन यादव, सुरेन्द्र यादव, सञ्जिव यादव, सत्यनारायण यादव र चन्द्र राय यादवलाई घाइते बनाएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

घाइतेहरूको टाउको लगायत शरीरका विभिन्न भागमा काटिएको छ। घाइतेमध्ये सुरेन्द्र यादवको अवस्था गम्भीर छ अहिले उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । बाँकी चार जनाको उपचार सम्सी स्वास्थ्य चौकीमा भइरहेको प्रहरीले जनाएको छ। २२ भदौको राति पनि महोत्तरीको भंगाह नगरपालिका ६ जमुनियामा लुटपाट भएको थियो ।