चोर पक्रन घुस लिएका इन्सपेक्टरविरुद्ध विशेष अदालतमा मुद्दा

चोर पक्रन घुस लिएका इन्सपेक्टरविरुद्ध विशेष अदालतमा मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– चोर पक्रन सहजीकरण गरिदिने भन्दै घुुस लिएका इलाका प्रहरी कार्यालय, बाबियाचौर, सुर्खेतका प्रहरी निरीक्षक (इन्सपेक्टर) सुशोभन श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

एक सेवाग्राहीको सुनचाँदी पसल चोरी भएकोमा चोर पक्राउ गर्न सहजीकरण गरिदिने भन्दै श्रेष्ठले १५ हजार घुस माग्दामाग्दै अख्तियार दुुरुपयोग अनुुसन्धान आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो । आयोगले जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।