राष्ट्रिय गौरवका आयोजनामा अख्तियारको निगरानी

राष्ट्रिय गौरवका आयोजनामा अख्तियारको निगरानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवका आयोजनामाथि निगरानी बढाएको छ। जिम्मा लिएर तोकिएको समयमा काम नसक्ने ठेकेदार र सरकारी अधिकारीमाथि अख्तियारले सूक्ष्म अनुसन्धान थालेको हो।

अर्बौं लगानीका आयोजना सम्पन्न गर्न पटकपटक समय थप्दा पनि अलपत्र परेका कारण छानबिन थालिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए। आयोजना प्रमुखकै गैरजिम्मेवारीका कारण काम ढिलासुस्ती भएको प्रारम्भिक निष्कर्षमा अख्तियार पुगेको छ।

उसले राष्ट्रिय आयोजनाका ठेकेदार, कर्मचारीदेखि आयोजना प्रमुखसम्म निगरानी बढाएको हो। पप्पु कन्स्ट्रक्सनविरुद्ध बर्दियाको जब्दीघाटको पुल ठेक्कामा भएको अनियमिततामा विस्तृत छानबिनपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ।

यी हुन् राष्ट्रिय गौरव​ आयोजना

काठमाडौं–तराई फास्ट ट्र्याक मध्य पहाडी राजमार्ग रेलवे तथा मेट्रो विकास आयोजना हुलाकी राजमार्ग आयोजना पूर्वपश्चिम राजमार्ग उत्तरदक्षिण लोकमार्ग कोशी, गण्डकी, कर्णाली मेलम्ची खानेपानी आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ पशुपति क्षेत्र विकास कोष लुम्बनी विकास कोष बुढीगण्डकी जलविद्युत् आयोजना पश्चिम सेती जलविद्युत् आयोजना तामाकोशी जलविद्युत् आयोजना सिक्टा सिँचाइ आयोजना रानी जमरा सिँचाइ आयोजना बबई सिँचाइ आयोजना भेरी बबई डाइभर्सन बुहुउद्देश्यीय आयोजना राष्ट्रपति चुरे संरक्षण कार्यक्रम पूर्वपश्चिम रेलमार्ग यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।