पेट्रोलियम पदार्थको भाउ भारतमा २८ पटक घट्यो, नेपालमा स्थिर

पेट्रोलियम पदार्थको भाउ भारतमा २८ पटक घट्यो, नेपालमा स्थिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर ओरालो लागेको छ। भाउ घट्न थालेपछि भारतको घरेलु बजारमा पेट्रोल र डिजेल सस्तिएको छ। तर, भारतबाटै तेल खरिद गर्ने नेपाल आयल निगमले दुई महिनाअघिकै मूल्यमा नेपाली उपभोक्तलाई पेट्रोल, डिजेल बिक्री गरिरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य ६५.९ डलर प्रतिब्यारेल कायम भएको छ। डेढ महिनाअघि कच्चा तेलको भाउ ८६.२९ डलर प्रतिब्यारल थियो। एक महिनिामा कच्च तेलको भाउ २३ प्रतिशतले घटिसकेको छ।

यो अवधिमा भारतीय बजारमा पेट्रोल ६.१२ र डिजेल ४.१३४ भारु सस्तिएको छ। आयल निगमले तेल खरिद गर्दै आएको भारतीय आयल कर्पोरेसनले एक महिनायता हरेक दिन तेलको मूल्य घटाएको छ। यसरी भारतीय बजारमा एक महिनामा २८ दिनसम्म लगातार मूल्य घटेको छ।यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।