काठमाण्डु– सुँडे मोथ नामक पुतली मार्नेलाई पालिकाले प्रतिवटा २ रुपैयाँ दिने घोषणा गरेको छ ।
जुनार तथा सुन्तलामा लाग्न सुँडे मोथ नामक पुतलीको संक्रमण बढपछि सिन्धुलीको गोलन्जोर गाउँपालिकाले एउटा सुँडे पुतली मारे २ रुपैयाँ दिने घोषणा गरेको हो ।
सुँडे मोथ पुतली दिनको समयमा कतै सुरक्षित रुपमा बस्ने र राति जुनार, सुन्तलाको फलको रस चुस्न आउने गर्दछ । त्यसले टोकेको जुनार, सुन्ताला हप्ता दिनमा कुहिएर झर्ने गरेको छ ।





प्रतिक्रिया